
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा)ले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौं प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौंमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष महिन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति २०८१ चृत १५ गते शुक्रबारका दिन काठमाडौंमा विशाल प्रदर्शन सहितको जनसभा आयोजना गरेको छ।’
साथै पार्टीले आफ्ना सम्पूर्ण पंक्तिलाई सशक्त रुपमा परिचालन हुन समेत विशेष निर्देशन दिएको छ ।