हेर्नुस् आजको राशिफल
आज सोमबार, ४ चैत २०८१ (१७ मार्च २०२५)।
मेष : तीर्थाटनको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। साजसज्जाको क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ।
वृष : शुभ समाचार सुन्न पाइएला। उक्त समाचारले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन : प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट : सुखदुःख बराबरी रहनेछ। भ्रमण, खानपान, पहिरन तथा फेसनमा धन खर्च हुनेछ। मन खिन्न हुने स्थिति आउला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। दुष्ट व्यक्तिको सङ्गतले काममा बिघ्नबाधा आउन सक्छ।
सिंह : जुक्तिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।
कन्या : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।
तुला : मन लोभ्याउने पहिरनले अरूको नजर आफूतिर पार्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।
वृश्चिक : प्रयत्न निष्फल होला। सरकारी निकायको भय रहनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ हुनेछ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।
धनु : मेहनतीहरूका लागि दिन फलदायी छ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक काम सफल रहनेछ।
मकर : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
कुम्भ : सामाजिक सभासमारोहमा सहभागी हुनु पर्नेछ। नयाँ योजना सुरु गरिनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। समग्रमा दिन सकारात्मक छ।
मीन : योजना कार्यान्वयनमा ढिलाइले आफैँ पछि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। अतस् बोल्दा सावधानी अपनाउनु होला। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




