मुख्य समाचार

३१औं आईजीपी बने दीपक थापा

काठमाडौँ। नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। आज सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई नियुक्त गरिएको हो। ८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापाले २०४३ सालमा १६ वर्षको उमेर एसएलसी उत्तीर्ण गरेका थिए।

भक्तपुरबाटै उनले २०४६ सालमा आईए उत्तीर्ण गरे। २०४६ सालको आन्दोलनले यो वर्ष उनको पढाइ प्रभावित भयो। २०४९ सालमा बीए उत्तीर्ण हुँदा पनि उनले क्याम्पस टप गरे। बीए उत्तीर्ण गरिसकेपछि थापाले निमाविको स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि उनले कन्या मावि भक्तपुरमा गणित विषय पढाए।

थापा १९ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुख भएर पनि काम गरे। त्यसपछि उनी काठमाडौं उपत्यकाअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा जिम्मेवारी सम्हाले।

उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रमुख भएर पनि काम गरे। महाराजगन्ज र बुटवल तालिम केन्द्रको जिम्मेवारी सम्हालेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल प्रमुख पनि बने। त्यसपछि उनी काठमाडौं उपत्यका अपराध कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालयको पनि जिम्मेवारी सम्हालेका थिए।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरिया गएका उनले विदेश र स्वदेश गरेर २५ तालिममा सहभागी भएका छन्।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...