मुख्य समाचार

अस्थिरताका कारण जनता थकित : विप्लव

काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा बारम्बार सरकार परिवर्तन हुनु जनताका लागि दुर्भाग्यपूर्ण रहेको भन्दै ५ वर्षसम्म स्थिर सरकारको परिकल्पना गर्न आवश्यक रहेको बताएका छन्।

झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निरन्तरको राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए। ‘नेपालले यस्तो अस्थिरता थेग्न सक्दैन। सरकार गठन र विघटनको दोहोरले जनताले ठूलो आर्थिक भार बेहोरिरहेका छन्। केन्द्रमा सरकार ढल्दा प्रदेश सरकारसमेत प्रभावित हुने अवस्थाले राजनीतिक स्थिरता सम्भव छैन,’ विप्लवले भने, ‘त्यसैले ५ वर्षसम्म एउटै सरकार टिक्ने प्रणाली आवश्यक छ।’

उनले संविधानमा व्यापक सुधारको खाँचो रहेको पनि बताउँदै मुलुकलाई स्थिरतातर्फ लैजान नयाँ राजनीतिक संरचनाको आवश्यकतामा जोड दिए।

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...