मुख्य समाचार

हेर्नुस् आजको राशिफल

आज बुधबार, ६ चैत २०८१ ९१९ मार्च २०२५०। 

मेष : दोधारको अवस्था सिर्जना हुन सक्छ। नजिकका व्यक्ति टाढिन सक्छन्। अतस् बोल्दा सावधानी अपनाउनु होला। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु उचित हुनेछ। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

वृष : रोजगारीको अवसर मिल्नेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मिथुन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ हुनेछ।

कर्कट : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।

सिंह : सुखदुःख बराबरी रहनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। दुष्ट व्यक्तिको सङ्गतले खतरामा पर्न सकिन्छ।

कन्या : अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।

तुला : तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। साजसज्जाको क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। पुराना काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

धनु : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। सरकारी निकायको भय रहला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कुम्भ : आफन्तको प्रगतिमा मन रमाउनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

मीन  नयाँ योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। अधुरा कार्य पूरा हुनेछन्। रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। समग्रमा दिन सकारात्मक रहनेछ।

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...