शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

  • खबर सेवा

  • बुधबार, चैत्र ५, २०८१

  • 79
    SHARES
म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

जिपमा चालकसहित पाँचजना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology