अनुमतिबिना नै कार्यक्रम चलाउने विदेशी कम्पनी शिक्षा मन्त्रालयको कारबाहीमा
काठमाडौं। बिना अनुमति कार्यक्रम चलाउने विदेशी संस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही गरेको छ।
मन्त्रालयले यही चैत ८ र १२ गते कार्यक्रम गर्न खोज्ने विदेशी कम्पनी लिब्रेज र मेडप्रो इन्टरनेशनल संस्थालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार लिब्रेजले ८ गते होटल एभरेष्टमा तथा मेडप्रो इन्टरनेशनले चैत १२ गते होटल मेरियटमा अनुमति नलिएर कार्यक्रम निर्धारण गरेको थियो ।
मन्त्रालयले यही चैत ६ गते निर्देशिकाविपरीत सञ्चालन हुने यस्ता कार्यक्रम रोकेर त्यस्ता संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयसमेत गरेको छ । शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्ष, पूर्वतयारी कक्षा तथा भाषा परीक्षणजस्ता कार्य गर्नका लागि अनुमति लिएका संस्थालाई नवीकरण गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार १४ साउन २०७५ सम्म १ हजार ४७३ संस्थाले अनुमति लिएकोमा आर्थिक वर्ष २०८१/८२ सम्म ९ सय २४ संस्थाले नवीकरणका लागि आवेदन दिएका छन् । हालसम्म ६ सय ९ संस्थाले मात्र राजस्व तिरेर नवीकरण गरेको शिक्षा मन्त्रालयको तथ्याङ्क छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




