कस्तो रहला आजको मौसम
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ।
सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...




