जातीय विभेद गरेको आरोप मिथ्या, भ्रामक : उपेन्द्र यादव
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले जातीय विभेद गरेको भन्ने आरोप मिथ्या भएको जिकीर गरेका छन्।अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले सोमबार विज्ञप्ति जारी गरी जातीय विभेदको आरोप प्रायोजित र मिथ्या रहेको, त्यसमा कुनै सत्यता नरहेको भन्दै आरोपको खण्डन गरेका छन्।
विज्ञप्तिमा यादवमाथि ‘खगेन्द्र सुनारले वा उनको नामबाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप अत्यन्तै गलत, भ्रामक, निराधार, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिको’ भएको बताइएको छ।
‘सस्तो र क्षणिक लोकप्रियताको लागि लगाइएको यो मनगढन्ते आरोपलाई सत्य, तथ्यको आधारमा प्रमाणसहित प्रमाणित गर्न सम्बन्धित पक्षलाई चुनौती छ, होइन भने आपराधिक मानसिकता बोकेर फटाहा जस्तो दुष्प्रचार गर्ने धृष्टता बन्द गर्नुस्’ विज्ञप्तिमा भनिएको छ।
सम्पूर्ण उत्पीडित जात र जातिको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




