मुख्य समाचार

भारतले गर्दा लोडसेडिङ हटेको भन्ने कुरा सत्य छैन : देवेन्द्र पौडेल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको सरकार जनताको पक्षमा नभइ बिचौलियाको पक्षमा रहेको पुष्टि भएको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले बिचौलियाकै पक्षमा लागेर सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको आरोप लगाए।

उनले भारतले गर्दा लोडसेडिङ हटेको भन्ने कुरा सत्य नभएको पनि बताए।

उनले भने, ‘भारतले लोडसेडिङ अन्त्य गरेको भनेर भन्नु अत्यन्तै दुःखदायी र खेदजनक छ, यो नेपालको परियोजनाले भएका चुहावटहरू रोकेर, तरिकाहरूलाई फेरेर लोडसेडिङ अन्त्य भएको हो। कुलमानलाई हटाउनुको प्रमुख कारणचाहीँ डेडिकेटेड र ट्रकलाइनको बहस थियो, सक्ने व्यावसायीहरूले तिर्दैनौँ भने। उहाँहरू प्रधानमन्त्री, ऊर्जामन्त्रीकहाँ डेलिकेशन जानुभयो, त्यही सम्झिनु भयो, त्यही भएर त सरकार जनताको पक्षमा होइन बिचौलियाको पक्षमा छ भन्ने यही कुराले पुष्टि हुन्छ।’

सरकारले कुलमानलाई हटाएपछि यतिखेर संसद बैठक रोकिएको छ भने सडकमा विभिन्न पक्षले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्।

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...