शिक्षा

विद्यालय शिक्षक विधेयक : अनसनरत शिक्षकलाई भेटेर आन्दोलन नगर्न शिक्षामन्त्रीको अनुरोध, महासंघ भन्छ : हुँदैन

काठमाडौँ। विद्यालय शिक्षा विधेयक पारितको माग गर्दै अनसनमा रहेका शिक्षक–कर्मचारीलाई शिक्षामन्त्री विद्या भट्टराईले भेटेकी छन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जारी अनसनमा पुगेर आन्दोलन नगर्न सुझाव दिएकी थिइन्। उनले आन्दोलन गर्दा विधेयक पारित गर्न कठिन हुने बताएकी थिइन्।

उनले देशभरका शिक्षकलाई काठमाडौँ बोलाएर आन्दोलन गर्नुभन्दा बरु मागहरू अगाडि राखेर समाधान खोज्नुपर्नेमा जोड दिइन्।

मन्त्री भट्टराईले शिक्षा ऐन छिटो ल्याउन संवाद प्रमुख उपाय भएको बताएकी छिन्। नेपाल शिक्षक महासंघ भने विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब संवादको कुनै जरुरी नभएको बताए। महासंघले विधेयक पारितका लागि विभिन्न आन्दोलन गर्दै आएको छ। आन्दोलनस्वरुप अहिले अनसन थालेको हो।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...