
काठमाडौँ। विद्यालय शिक्षा विधेयक पारितको माग गर्दै अनसनमा रहेका शिक्षक–कर्मचारीलाई शिक्षामन्त्री विद्या भट्टराईले भेटेकी छन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जारी अनसनमा पुगेर आन्दोलन नगर्न सुझाव दिएकी थिइन्। उनले आन्दोलन गर्दा विधेयक पारित गर्न कठिन हुने बताएकी थिइन्।
उनले देशभरका शिक्षकलाई काठमाडौँ बोलाएर आन्दोलन गर्नुभन्दा बरु मागहरू अगाडि राखेर समाधान खोज्नुपर्नेमा जोड दिइन्।
मन्त्री भट्टराईले शिक्षा ऐन छिटो ल्याउन संवाद प्रमुख उपाय भएको बताएकी छिन्। नेपाल शिक्षक महासंघ भने विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब संवादको कुनै जरुरी नभएको बताए। महासंघले विधेयक पारितका लागि विभिन्न आन्दोलन गर्दै आएको छ। आन्दोलनस्वरुप अहिले अनसन थालेको हो।