आगजनीपछि एकीकृत समाजवादीले भन्यो : हामीलाई सरकारले सुरक्षा नदिँदा आपराधिक समूह पार्टी कार्यालयमा पसे
काठमाडौँ। एकीकृत समाजवादीले सरकारले सुरक्षाको प्रबन्ध गर्न नसकेकैले राजावादीले आलोकनगरको पार्टी कार्यालय जलाइदिएको बताएको छ।
शुक्रबार विज्ञप्तिमार्फत एकीकृत समाजवादीले बिहान ११ बजेदेखि नै सुरक्षाको माग गरे पनि बेवास्ताका कारण राजावादीले पार्टी कार्यालय जलाएको बताएको हो।
‘आज दिउँसो ३ः१५ बजे पुनस् रूत्थानवादी तत्त्वले जम्मा गरेका हुल्लडबाजहरूको एक जत्थाले हाम्रो पार्टीको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय (आलोकनगर, बानेश्वर, काठमाडौं) मा आक्रमण गरेर आगजनी र तोडफोड गरेको छ। केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाएको छ। आफूलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको यस प्रकारको कुकृत्यको हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ,’ एकीकृत समाजवादीले विज्ञप्तिमार्फत् भनेको छ।
उसले लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्त्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो अपिल पनि गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...




