शैक्षिक परामर्श व्यवसायी महासंघको केन्द्रीय सदस्यमा शशिप्रसाद भट्टराई निर्वाचित
काठमाडौं। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (FECE-NEPAL) को पहिलो वार्षिक साधारणसभामा शशिप्रसाद भट्टराई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
शैक्षिक परामर्श क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव रहेका भट्टराई नेपाल कोरिया शैक्षिक परामर्श संघ (KECAN) का उपाध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (ECAN) का कार्यसमिति सदस्य, लायन्स क्लब अफ काठमाडौँ नेपालका अध्यक्ष तथा एजुकेयर अब्रोड कन्सल्ट प्रालिका संस्थापक कार्यकारी अध्यक्ष समेत हुन्।
निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भट्टराईले भने, ‘यो नयाँ जिम्मेवारी मेरो लागि संस्थागत अनुभवलाई मजबुत बनाउने र राष्ट्रिय-अन्तर्राष्ट्रिय नेटवर्कलाई एकीकृत गर्ने अवसर हो। FECE-NEPAL लाई शैक्षिक परामर्श क्षेत्रको नीतिगत सशक्तीकरण र व्यवसायीहरूको हकहित संरक्षणको दिशामा अगाडि बढाउने मेरो लक्ष्य हुनेछ।’
FECE-NEPAL ले परामर्शदाताहरूको पेशागत क्षमता विकास गर्ने, सेवाको गुणस्तर नियमन गर्ने, र व्यवसायीहरूको सामूहिक हित संरक्षण गर्ने लक्ष्य राखेको छ। भट्टराईले आफ्नो नेतृत्व अनुभव र विभिन्न संस्थाहरू (KECAN, ECAN, लायन्स क्लब र एजुकेयर) बाट प्राप्त ज्ञानको उपयोग गर्दै महासंघलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...




