
काठमाडौँ। शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने भएको छ। महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।
सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ।
सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुईपटक वार्ताको लागि बोलाए पनि नेपाल शिक्षक महासंघले बेवास्ता गर्दै आएको छ। २०८० असोजमा पनि राजधानीकेन्द्रित आन्दोलन गरेका शिक्षकले सरकारसँग सहमति गरेर आन्दोलन रोकेका थिए।