मुख्य समाचार

शेखर कोइरालाको सरकारलाई आह्वान : शिक्षकलाई नियमित काममा फर्कने वातावरण बनाउनुपर्छ

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्।

सामाजिक संजालमार्फत नेता कोइरालाले भनेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

यतिबेला आम शैक्षिक हड्तालको घोषणा गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएर निर्णायक आन्दोलनमा छन्। सरकारले पहिले पनि सम्झौता गरेर झुक्याएको शिक्षक महासंघको आरोप छ। यसपटकको आन्दोलनमा विद्यालय शिक्षा ऐन लागू गर्ने वातावरण बनेपछि मात्रै आन्दोलन स्थगित हुने महासंघले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...