शिक्षा

आजदेखि शैक्षिक आमहड्ताल

काठमाडौं। विद्यालय शिक्षा विधेयक पारितको दबाब दिँदै शिक्षकहरूले आजदेखि शैक्षिक हड्ताल गर्ने भएका छन्। नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौँ आएका शिक्षकलाई आम हड्तालमा उत्रिन उर्दी जारी गरेको छ। काठमाडौँ नआएका शिक्षकलाई समेत काठमाडौँ उत्रिन अनुरोध गर्दै महासंघले हड्तालमा सहभागी हुन भनेको छ।

चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन लागेका हुन्।

आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारीमा महासंघले आह्वान गरेको छ।

विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप चर्काउने महासंघको घोषणामा विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।

हिजो सिठी जुलुस गरेका शिक्षकहरुले आज आन्दोलनको छैटौं दिन मौन जुलुस निकाल्ने तयारी गरेका छ। कालोे मास्क लगाएर मौन जुलुश निकालिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...