सरकारविरुद्ध शिक्षक : टर्च बालेर प्रदर्शन
काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन्। सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन्।
काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भएका छन्। मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरुले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरुको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरुको भनाइ छ।
महासंघले आफूहरुको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरुले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगाएतका नारा लगाएका थिए।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




