मुख्य समाचार

रवि जेल परेपछि पहिलोपल्ट बस्दैछ रास्वपाको बैठक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ। महाधिवेशनको तयारीसहितका विषयमा छलफल गर्न बुधबार (चैत २७ मा) गते बस्ने गरी रास्वपाले बैठक बोलाएको हो। बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको आगामी महाधिवेशनको तयारी, मिति, स्थान र संगठनात्मक संरचनामा आवश्यक परिमार्जनबारे छलफल हुने रास्वपाले जनाएको छ ।रास्वपाले पार्टीको आगामी जनयात्रा कार्यक्रम, पार्टीको संगठनात्मक संरचनामा प्रदेश हेर्ने पदाधिकारीको नियुक्ति र केन्द्रीय सदस्यको भूमिकाबारे छलफल गर्ने जनाएको छ । सहकारी ठगी प्रकरणको मुद्दामा सभापति रवि लामिछाने जेल चलान भएपछि रास्वपाको सचिवालयको बैठक बस्न लागेको हो ।

अदालतको आदेशले रवि सोमबारदेखि भैरहवा कारागारमा छन् ।

 

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...