शुक्रबार, बैशाख ५, २०८२
English
Follow us:

रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

  • खबर सेवा

  • बुधबार, चैत्र २६, २०८१

  • 55
    SHARES
रास्वपाको सचिवालय बैठक आज बस्दै
रास्वपा केन्द्रीय कार्यालय। तस्बिर : रास्वपा सचिवालय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए। सभापति रवि लामिछाने थुनामा परेपछि पहिलो पटक सचिवालय बैठक बस्दैछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology