मुख्य समाचार

हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

काठमाडौँ। हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१०, वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन्।

आइतबार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली नगद नौ लाख रुपैयाँ, ६ लाख रुपैयाँको चेक बरामद गरिएको छ। घटनाका सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...