
काठमाडौँ। मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले उनीविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गरिरहेको हो। परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।