रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ। वैशाखको अन्तिम साता तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबारे औपचारिक निर्णय गर्न बिहीबार केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा बिहीबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन्।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको सो पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ ।
रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा पुगेपछि महाधिवेशन तोकिएको मितिमा नहुने निश्चितजस्तै भैसकेको छ । यसअघि बसेको सचिवालय बैठकमा समेत वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय कमिटीबाटै गर्न उपयुक्त हुने भनेर केन्द्रीय समिति बैठक आह्नवान गरिएको थियो ।
महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल हुने नेता झाको भनाइ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...




