शिक्षा

विपिन पोखरेललाई शिक्षा पत्रकारिता सम्मान

काठमाडौँ। शिक्षा पत्रकार विपिन पोख्रेल शिक्षा पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन्। एसके मिडिया सोलुसनले काठमाडौँस्थित पर्यटनबोर्डमा आयोजना गरेको ‘९ औँ राष्ट्रिय क्यापीटल अवार्ड २०८१’मा शिक्षा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप पोखरेललाई सम्मान प्रदान गरिएको हो।

१५ वर्षदेखि शिक्षा पत्रकारितामार्फत नेपालको शैक्षिक क्षेत्रको विकासमा विभिन्न सञ्चार माध्यममा रहि यस क्षेत्रका सत्य तथ्य विषयलाई निश्पक्ष ढंगबाट समाचार सम्पे्रषण गर्न खेलेको भूमिकाको कदर स्वरुप शिक्षा पत्रकारिता सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

पोख्रेललाई उपसभामुख इन्दिरा राना मगर, प्रतिनिधिसभा सदस्य एवं वागमति प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सम्मान प्रदान गरेका थिए।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...