संक्रमणकालीन न्याय टुंगोमा नपुग्नुमा द्वन्द्वरत पक्षहरूले अर्को पक्षलाई मात्र दण्डित गर्नुपर्छ भन्ने बालहठ कारण हो : मानवअधिकार संगठन
काठमाडौँ। संक्रमणकालीन न्यायालाई पीडितमैत्री बनाउन नेपाल मानवअधिकार संगठनले अपिल गरेको छ। नेपालको संक्रमणकालीन न्यायलाई पीडितमैत्री नभई देखावटी बनिबनाउ किसिमको नबनाउन र माओवादी सशस्त्र हिंसात्मक द्वन्द्वका पीडितहरूलाई न्याय र दोषीलाई दण्डको व्यवस्था हुनुपर्छ भनी वकालत गर्दै आएको संगठनले संक्रमणकालीन न्यायबारे पटकपटक आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले ‘नेपालको संक्रमणकालीन न्याय टुंगोमा नपुग्नुमा सशस्त्रद्वन्द्वका पक्षहरूले आफ्नो पक्ष बाहेक अर्को पक्षलाई मात्र मानवअधिकार र मानवीय कानुनको उल्लंघनका लागि दण्डित हुनुपर्छ भनी राखेको बालहठले नै मुख्य समस्या रहेको’ ठहर गरेको हो ।
संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने कानुनहरूको निर्माण र कानूनद्वारा प्रस्तावित संयन्त्रमा नियुक्त भएका व्यक्तिका मुहारहरूले पनि यो आशंका पुष्टि गरेको संगठनको जिकिर छ।
अझ पछिल्लोपटक कानुन संशोधन पश्चात् सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगको पदाधिकारीहरू नियुक्तिको सम्बन्धमा सिफारिस गर्न गठित समितिले नितिगत रूपमा स्वतन्त्र, निष्पक्ष, निर्भिक र व्यावसायिक रुपमा पदाधिकारीहरू नियुक्त गर्न भन्दा द्वन्द्वको पक्षहरूको खास चासो र संक्रमणकालीन न्यायलाई नै आफ्नो जीविकोपार्जनको व्यवसायको रूपमा लिने स्वार्थी समूहको दबाब र प्रभावमा व्यक्ति केन्द्रीत छलफल गरी कुनै टुंगोमा नपुगी आफ्नो कार्यकाल तोकिएको म्याद गुजारी समग्र नियुक्ति प्रक्रियालाई नै बेवारिसे बनाएको जिकिर गरेको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘यस्तो अवस्थामा सोही सिफारिस समितिलाई नै पुनः सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता ब्यक्ति छानबिन आयोगको अध्यक्ष लगायतका पदाधिकारीहरुको नियुक्तिको लागि सिफारिस गर्न जिम्मा दिने नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय प्रति यस संगठनको गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । उक्त सिफारिस समितिले बिगतमा गरेको कार्यको आधार र देहायका कारण नेपालको शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पुर्याउन सक्दैनन्’ भन्दै आफ्नो बुझाई बुँदागत रूपमा सार्वजनिक गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




