
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एशिया एन्ड द प्यासिफिक (यूएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ गएकी हुन्।
नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ। सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने छिन्।