सोमवार, बैशाख ८, २०८२
English
Follow us:

सप्तकोसीमा नुहाउने क्रममा २ बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर परिचालन

सप्तकोसीमा नुहाउने क्रममा २ बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर परिचालन

  • खबर सेवा

  • सोमवार, बैशाख ८, २०८२

  • 28
    SHARES
सप्तकोसीमा नुहाउने क्रममा २ बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौँ। सप्ताकोसीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान ८ बजेतिर बराह क्षेत्र मन्दिर छेउको नदिमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका ४ बस्ने ४० वर्षीय नवराज बास्तोला र इटहरी नगरपालिका १६ बस्ने १६ वर्षीय जेनिश आचार्य डुवेर बेपत्ता भएका थिए।

घटनापछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिएको थियो।

तर, फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको बताइएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology