शिक्षक आन्दोलनमा घुसपेटको आरोप
काठमाडौं। शिक्षक आन्दोलनमा एक व्यक्ति घुसेपछि हातपात भएको छ। शिक्षकहरूले घुसपेठ भएको भन्दै उनीमाथि हातपात गरेका हुन्।
ती आन्दोलनमा छिरेका व्यक्ति आफूले गोदावरी नगरपालिका वडा-१ को सरस्वती माध्यमिक विद्यालयका अभिभावक सनोज महत रहेको बताएका छन्। उक्त हातपात भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। उक्त भिडियोमा उनले आफ्नो छोरी को भर्ना हुन नपाएपछि आजबाट आन्दोलनमा आउनुपरेको बताएका छन्।
त्यसरी शिक्षकहरूकै आन्दोलनमा गएर उनीहरूकै विरुद्धमा बोल्ने व्यक्ति थिए,– ललितपुरको गोदावरीका सनोज महत । उनले आफ्नो छोरी सरस्वती माध्यमिक विद्यालयमा पढ्न गरेको बताएका थिए । उनले आफू अभिभावक भएको बताउँदै उनले छोरीले पढ्न नपाएको बताएका थिए।
उनले आफ्नी छोरी विद्यालय पढ्न नपाएको भन्दै शिक्षकहरूलाई विद्यालयमा फर्काउन आएको बताएका थिए । त्यही बेला उनीमाथि आन्दोलनरत शिक्षकहरूले हातपात गरेका थिए। नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा उनीमाथि शिक्षकहरूले हातपात गरेपछि प्रहरीलाई बुझाएका थिए ।
शिक्षकहरूले भने उनीमाथि आन्दोलन भाँड्न घुसपैठ गरेको आरोप लगाएका छन् । सडकमा उत्रिएका उनले आफ्नो छोरीको भर्ना हुन नपाएपछि सडकमा आएको बताएका थिए।
शिक्षकहरूले भने बारबार बाहिर जानुस् भन्दै उनलाई हटाउन खोजेका थिए । बाहिर जानुस् भन्दै शिक्षकहरूले हातपात गरेका हुन्। उनले शिक्षकहरूलाई आन्दोलनको मोडालिटि परिवर्तन गर्न भनेका थिए । ‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य वर्वाद गर्न पाइँदैन’, उनले भने।
आफ्नो लागि जे भने पनि शिक्षक नै भएको बताउँदै उनले शिक्षकहरूलाई आन्दोलनको स्वरूप फेर्न भनेका थिए। विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न नपाइने उनको भनाइ थियो । महतले भिडमा आएर बोलेपछि आन्दोलनरत शिक्षकहरूले उनलाई रोकेका थिए । उनीहरुले उनलाई आन्दोलनमा आएर गुण्डागर्दी नगर्न समेत भनेका थिए ।
आज आफू एक जना मात्रै आएको तर, भोलिदेखि अरू अभिभावक पनि आउने बताएका थिए । यति कुरा गर्दै गर्दा उनीमाथि शिक्षकहरू झम्टिन थाले। यतिकैमा प्रहरी आएर उनलाई बाहिर पठाएको थियो ।
प्रहरीले समातेर बाहिर लैजाँदै गर्दा समेत शिक्षकहरूको कुटपिट गरेका थिए । यतिसम्म कि एक जनाले प्रहरीले समातेर लगिरहेको बेला उडेर माथिबाट हानेका थिए भने अन्यले समेत झम्टिन थालेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले शिक्षकका विरुद्धमा नाराबाजी गर्न थालेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बताए
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




