सोमवार, बैशाख ८, २०८२
English
Follow us:

शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्रीले भने : माग पूरा हुन्छ, घर फर्किनुहोस्

शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्रीले भने : माग पूरा हुन्छ, घर फर्किनुहोस्

  • खबर सेवा

  • सोमवार, बैशाख ८, २०८२

  • 37
    SHARES
शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्रीले भने : माग पूरा हुन्छ, घर फर्किनुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामा आउन आउन आह्वान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिक्षकका मागप्रति नकारात्मक नरहेको बताए।

उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गरे।

‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन। संभव मागहरु सबै पूरा गर्छ। उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्। सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’ उनले भने, ‘औपचारिक वार्तै गर्नुहुन्न भन्ने अनौठो सुनेको छु मैले। आन्दोलन गर्ने वार्ता नगर्ने, के भनेको त्यो रु वार्तामा आउनुस्, कुरा गर्नुस्, संभव कुरा सरकारले गरिदिन्छ।’

शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षणलगायतका काम प्रभावित भएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology