भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले दुई दिनअघि राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीमातहत नै थियो । तर अब उक्त मन्त्रालय भूमिमन्त्री अधिकारीलाई तोकिएको हो।
बुधबारबाट लागू हुने गरी अधिकारीलाई शिक्षाको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । तर यसको औपचारिक जानकारी मन्त्रालयले गराइसकेको छैन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसको जानकारी वैशाख १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ । बुधबार बिहान शिक्षकहरूसँगको वार्तामा पनि मन्त्री अधिकारी उपस्थित थिए ।
’अहिले उहाँलाई शिक्षकहरूसँगको वार्तामा जान र शिक्षा मन्त्रालयसँग सरोकार रहेका विषयको बैठकमा सहभागी हुन जिम्मेवारी दिइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई भन्यो, ‘यसको जानकारी १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइने।’
शिक्षा मन्त्रालय प्रवक्ता नीलकण्ठ ढकालका अनुसार अहिलेसम्म अधिकारी शिक्षा मन्त्रालयमा प्रवेश गरेका छैनन्। उनले भने, ‘मन्त्रीज्यू यहाँ आइसक्नु भएको छैन । उहाँलाई शिक्षाको पनि जिम्मेवारी दिएकोबारे हामीलाई जानकारी भएन ।’
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




