शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

वानेश्वरमा शिक्षक-प्रहरी झडप : १४ जनाभन्दा बढी शिक्षकहरू घाइते

वानेश्वरमा शिक्षक-प्रहरी झडप : १४ जनाभन्दा बढी शिक्षकहरू घाइते

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 54
    SHARES
वानेश्वरमा शिक्षक-प्रहरी झडप : १४ जनाभन्दा बढी शिक्षकहरू घाइते

काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए।

उनले भने,‘मैले दुई जना शिक्षकलाई ट्रमा सेन्टरमा उपचारको लागि ल्याएको छु,अरु शिक्षकहरू सिभिल अस्पताल अस्पताल लगायत अन्य अस्पतालमा उपचाररत हुनुहुन्छ,१४ जना भन्दा बढी शिक्षकहरू घाइते हुनुभएको छ,कति घाइते भए भन्ने यकिन छैन।’

आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology