शिक्षा

वानेश्वरमा शिक्षक-प्रहरी झडप : १४ जनाभन्दा बढी शिक्षकहरू घाइते

काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए।

उनले भने,‘मैले दुई जना शिक्षकलाई ट्रमा सेन्टरमा उपचारको लागि ल्याएको छु,अरु शिक्षकहरू सिभिल अस्पताल अस्पताल लगायत अन्य अस्पतालमा उपचाररत हुनुहुन्छ,१४ जना भन्दा बढी शिक्षकहरू घाइते हुनुभएको छ,कति घाइते भए भन्ने यकिन छैन।’

आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...