मुख्य समाचार

सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र हो : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र भएको दाबी गरेका छन्। तराई मधेश जागरण अभियानअन्तर्गत बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

माओवादीको पक्षमा देशैभर माहोल बन्दै गएकोले आगामी आमनिर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दावी पनि प्रचण्डले गरे।

‘सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादी हो। यो जनतालाई महसुस भएको छ’, उनले भने, ‘मलाई लाग्छ, अलिकति जनताको घरघरमा टोल(टोलमा गएर मेहनत गर्‍यौँ भने आउने चुनावमा हामी एक नम्बर पार्टी बन्नेछौँ र फेरि देशको नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ लडाइँ लड्नेछौँ । समाजवाद निर्माणतिर अघि बढ्नेछौँ।’

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...