शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र हो : प्रचण्ड

सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र हो : प्रचण्ड

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 49
    SHARES
सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र हो : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र भएको दाबी गरेका छन्। तराई मधेश जागरण अभियानअन्तर्गत बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

माओवादीको पक्षमा देशैभर माहोल बन्दै गएकोले आगामी आमनिर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दावी पनि प्रचण्डले गरे।

‘सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादी हो। यो जनतालाई महसुस भएको छ’, उनले भने, ‘मलाई लाग्छ, अलिकति जनताको घरघरमा टोल(टोलमा गएर मेहनत गर्‍यौँ भने आउने चुनावमा हामी एक नम्बर पार्टी बन्नेछौँ र फेरि देशको नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ लडाइँ लड्नेछौँ । समाजवाद निर्माणतिर अघि बढ्नेछौँ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology