मुख्य समाचार

लिङ्देनको अभिव्यक्ति भ्रामक : कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज विज्ञप्तिमार्फत कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको, प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै भर्त्सना र निन्दा गरेको छ।

कांग्रेसले राप्रपाका कार्यकर्ताहरुले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्न सो अवाञ्छित कार्यको दोष एक जिम्मेवार र सभ्य नागरिकमाथि लगाएको भन्दै निन्दा गरेको छ। यही वैशाख १२ गते राप्रपा अध्यक्ष लिङ्देनले संसदमा आफ्नो मन्तव्यका क्रममा सो अभिव्यक्ति दिएका थिए।

एउटा राजनीतिक पार्टीका अध्यक्षकोतर्फबाट संसदमा आधारहीन कुरा प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन विभागका प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले अध्यक्ष लिङ्देनलाई राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र संसद्समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गरेको छ। साथै त्यस्ता कपोलकल्पित र भ्रामक कुराबाट सचेत रहनसमेत कांग्रेसले सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...