शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

अब्बल एसपी गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी

अब्बल एसपी गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी

  • खबर सेवा

  • बुधबार, बैशाख १७, २०८२

  • 145
    SHARES
अब्बल एसपी गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी
एसपी गोविन्द पुरी।

काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई चितवन जिल्लाको जिम्मेवारी दिएको छ। लामो समयदेखि सुरक्षा क्षेत्रमा काम गरेका पुरी अब्बल दर्जाका एसपी मानिन्छन्। उनी जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा चितवन सरुवा भएका हुन्।

यही कारण पनि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लाको जिम्मेवारी पुरीलाई दिइएको छ। सरुवा सूचीको ५० औँ नम्बरमा नाम भएका राजन लिम्बुलाई झापा पठाएपछि पुरीलाई चितवनको जिम्मेवारी दिइएको हो।

पुरी यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology