शिक्षा

महासंघ सरकार सहमतिप्रति विद्यालय परिषद्को तीब्र असन्तुष्टि, बैठकमै कर्मचारीले गरे होहल्ला

काठमाडौं। सरकार र शिक्षक महासंघबीच भएको सहमतिबाट असन्तुष्ट रहेका नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीले आन्दोलन फेरि हाल्ने भएका छन्। उनीहरूले महासंघले सरकारसँग गरेको सहमतिको विरोध गर्दै निरन्तर आन्दोलन गरिरहने बताएका छन्।

महासंघले बुधबार ९ बुँदे सहमति गरेको थियो। सोही सम्झौतामा महासंघले आफूहरूलाई धोका दिएको र आफूहरूका माग समावेश नभएका परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए। आजै महासंघले बोलाए बैठकमा परिषद्का कर्मचारीले असन्तुष्टि जनाएका थिए। काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालयको राखिएको बैठकमा विद्यालय कर्मचारीहरूले सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए।

विद्यालय कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएपछि होहल्ला र विवाद चर्किएको हो। माग सम्बोधन नहुनेगरी सरकारसँग सहमति गरेको उनीहरूको आरोप छ। होहल्लापछि बैठकबाट महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बाहिरिएका थिए।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...