शिक्षा

आन्दोलनले रोकिएको कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ। कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षकरकर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ।

आजदेखि सुरु हुन लागेको परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थीको परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ। बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

परीक्षा ११ बजेसम्म चल्नेछ। परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो। परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...