मुख्य समाचार

उपसभामुख राना बङ्गलादेश प्रस्थान

काठमाण्डौं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बङ्गलादेश प्रस्थान गरेकी छन्। उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता जनाउनेछिन्।

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा उनले पछिल्लो समयमा मिडिया क्षेत्रमा देखिएका साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियामा जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकाको विषयमा सम्बोधन गर्ने बताइएको छ ।

उपसभामुख राना मगरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सम्मेलनका साथै बङ्गलादेशका उच्च अधिकारीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...