शिक्षा

रोकियो दक्षिण कोरियाको एनओसी जारी गर्ने प्रक्रिया, अध्ययन गर्न कार्यदल गठन [पत्रसहित]

काठमाडौं। सरकारले विभिन्न कारण देखाउँदै तत्कालका लागि दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको छ।

कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरू रोजगारीलाई प्राथमिकता दिने गरेको, पैसा कमाउने कामलाई प्राथमिकता दिँदा अध्ययनमा समस्यामा पुर्याएको, ब्लक लिष्टमा परेकालाई समेत पठाउने गरेको कारण सरकारले एनओसी बन्द गरेको जनाएको छ।

कक्षा १२ सक्ने वित्तिकै डि टु र डि फोर भिसामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढेपछि मन्त्रालयले त्यसलाई व्यवस्थित गर्न खोजेको जनाएको छ।सुरुदेखि नै रोजगारीमा बढि प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, अध्ययन घण्टा कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्ने जस्ता कारणले नेपाली विद्यार्थी मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेको गुनासो बढ्दै गएको छ।

‘कोरिया सरकारले कालो सूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको जस्ता समस्याहरू देखिएकोले कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएको छ’ मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ ‘व्यवस्थित एवं नियमन गर्ने उपायहरूका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल बनेको र उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गरिने छ ।’

कोरियामा हाल सम्म आठ हजार आठ सय ९४ नेपाली विद्यार्थी अध्ययनरत रहेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ। उच्च शिक्षा महाशाखाका प्रमुख बैकुण्ठ अर्यालको संयोजकत्वमा परराष्ट्र मन्त्रालयको पनि प्रतिनिधित्व हुने गरी गठित तीन सदस्यीय उक्त कार्यदललाई दुई महिनाको अवधि तोकिएको छ । पत्रमा गत वैशाख २७ सम्म अनुमति लिएकाले भने पाउने अर्यालले बताए ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...