कोरियाको एनओसी खुलाउन माग गर्दै केक्यानका प्रतिनिधिले भेटे शिक्षामन्त्री
काठमाडौं। दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) खुलाउन माग गर्दैै कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ध्यानाकर्षण बुझाएको छ।
केक्यानलगायत महासंघ र महासंघआवद्ध संघका प्रतिनिधिहरुले मन्त्रालय पुगेर ध्यानाकर्षण बुझाएका हुन्। भेटमा केक्यानका प्रतिनिधिहरूले मन्त्रीलाई कार्यकालको शुभकामना समेत प्रदान गरेका थिए। उक्त भेटघाट कार्यक्रममा केक्यानका सस्थापक अध्यक्ष गणेश शर्मा, वर्तमान अध्यक्ष शशीप्रसाद भट्टराई र महासचिव नरेशप्रसाद सेडाई को सहभागिता थियो।
सरकारले विभिन्न कारण देखाउँदै तत्कालका लागि कोरियाका लागि एनओसी प्रक्रिया रोकेको छ। कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरू रोजगारीलाई प्राथमिकता दिने गरेको, पैसा कमाउने कामलाई प्राथमिकता दिँदा अध्ययनमा समस्यामा पुर्याएको, ब्लक लिष्टमा परेकालाई समेत पठाउने गरेको कारण देखाउँदै सरकारले एनओसी बन्द गरेको हो। एनओसी बन्द गर्दा कोरिया जान तयार विद्यार्थी बन्चित हुने भन्दै केक्यानले ध्यानाकर्षण जनाएको हो।

ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




