सहकारीलाई ठगी आरोपमा एमाले नेता अर्याल पक्राउ
काठमाडौं। सहकारीलाई ठगी गरेको आरोपमा एमालेका एक नेता पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एमालेका नेता कृष्ण अर्याललाई सोह्रखुट्टेबाट पक्राउ गरेको प्रवक्ता, एसपी काजीकुमार आचार्यले बताए।
अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटिका इन्चार्ज हुन्। काठमाडौँको दिगो पर्यटन सहकारी संस्थाबाट कर्जा लिएर नतिरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र बिगो तिराउने फैसला गरेको थियो।
सहकारीले कर्जा रकम दिलाइ पाउँ भन्दै प्रहरीमा जाहेरी दिएको थियो। २०७४ साल जेठमै सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ लिएका अर्याल अट्टेर गर्दै बसिरहेका थिए।
सहकारीले पटक पटक ताकेता गर्दा पनि नतिरेपछि यो मुद्दा अदालत पुगेको अदालतले उनलाई दोषि ठहर गर्दै एक वर्ष कैद र बिगो बापतको साढे ११ लाख रुपैयाँ भराउने फैसला गरेको थियो।
जिल्ला अदालत काठमाडौँले २०८० असारमा उक्त फैसला गरे पनि अर्यालले ब्इाज समेत भुक्तान गर्न अट्टेर गरेर बसेका थिए। उनलाई सजाय भुक्तानका लागि आजै पठाउने पनि आचार्यले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




