मुख्य समाचार

एमालेलाई समाप्त पार्न माओवादीले आक्रमण गरिरहेको छ ; शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र पार्टी नेतृत्वलाई समाप्त पार्न नेकपा माओवादी केन्द्रले आक्रमण गरिरहेको आरोप लगाएका छन्।

कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका छन्। उनले नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए।

उनले उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको बताए। अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी गरे।

पोखरेलले भने, ‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वविरुद्ध हमला‚ घेराबन्दी र आक्रमण भइरहेको छ। विरोधीहरूले जुन हिसाबले विरोध गरिरहेका छन्। त्यो आलोचनाको उद्देश्य नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ। सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वविरुद्ध नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रूपमा प्रस्तुत भइरहेको पाउँछौँ।’

महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकार र नेकपा एमालेबाट कुनै गलत काम नभएको दाबी गरे।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...