शेखरले गृहमन्त्रीलाई भने : राजीनामा दिनुहोस्
काठमाडाैँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्। गृहमन्त्री लेखक भिजिट भिसामा संगठित र संस्थागत असुली प्रकरणमा मुछिएका छन्।
यससँगै उनको चौतर्फी आलोचना भइरहेका बेला नेता कोइरालाले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने धारणा राखे।
यसअघि सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका रास्वपा सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई वर्तमान गृहमन्त्री लेखकले नै राजीनामा दिन र छानबिनमा सघाउन आग्रह गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




