मुख्य समाचार

एमालेले जेठ १५ मा गणतन्त्र दिवस देशव्यापी बनाउने

काठमाडौं। नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए । बैठकले गणतन्त्रलाई सवल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाबिरुद्ध हुने कुनैपनि गतिविधिहरु एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए ।

उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।

महासचिव पोखरेलले विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमण गरेको र भण्डारी एमाले आन्दोलनका नेता भएकाले हिसावले उनको टीममा एमालेका नेताहरु रहनु स्वभाविक रहेको जिकिर गरे ।

सम्बन्धित समाचार

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...

ओली र लेखकलाई अदालत लगिँदै

ओली र लेखकलाई अदालत लगिँदै

काठमाडौँ। पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश...

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...