युवा संघको महाधिवेशन : किन महासचिवबाट उपाध्यक्षको उम्मेदवार बने पर्वत भण्डारी?
काठमाडौंं। झापाका पर्वत भण्डारीले युवा संघ नेपालले महासचिव पदमा दाबेदारी राख्दाराख्दै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले महासचिव पदको प्रचार गरिसकेपछि पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
उनले जेठ ११ मा उम्मेदवारी दर्ता गर्नुपूर्व महासचिवमा दाबी गरेका थिए। उनले सुमन पुरी प्यानलबाट महासचिव उठ्ने निश्चित भएको समेत बताएका थिए। तर एकाएक उम्मेदवारी भने उपाध्यक्षमा दिएका छन्। उनी यसअघिका सचिव हुन्। सर्वसम्मत सचिव बनेका उनी यसपटक स्वतः महासचिव पदका दाबेदार हुन्। उनले त्यही कारण पनि महासचिवमा दाबी गरेका थिए। तर एकाएक टिम बचाउन र सुदृढ बनाउन उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्। गएको महाधिवेशनसम्म युवा संघमा जम्बो पदाधिकारी बन्थ्यो।
अहिले भने एमालेले ९ जनाको मात्र बनाउने निर्देशन दिएको छ। सानो टिम बनाएर अघि बढ्दा सबैलाई समेट्नु परेकाले उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताएका छन्। यद्यपि, पर्वतको माहोल भने अहिले पनि राम्रो रहेको छ। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्रका रूपमा चिनिन्छन्। गृहजिल्ला एउटै भएकाले पनि उनलाई ओली निकट मानिने गर्छ।
यसपटक पनि उनले ओलीसँग युवा संघको महाधिवेशन बारे छलफल गरेको उनी निकट नेताहरू बताउँछन्। उनलाई एमालेका अन्य नेताको समेत सिग्नल छ। यही कारण उपाध्यक्षका रूपमा अघि सरेका हुन्। यसका अलावा महासचिव पदमा कुवेर सुवेदी छन्। लोकसेवाका गुरु मानिने केवर महासचिव पदका आकांक्षी रहेकाले पनि पर्वतले उपाध्यक्षमा उम्मेदवारी दिइएको हो।
यस्तै, यही कार्यकालमा नेतृत्व लिन नसक्ने भएकाले पनि पर्वतलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो। निकट नेताहरूका अनुसार उनको अध्यक्षमा रहेका सुमन पुरी आगामी वर्ष उमेर हदका कारण संगठनबाट अलग हुँदैछन्। युवा संघमा ४० वर्षे उमेर हद छ भने सुमन ३९ वर्षका भए। यदि सुमनले संगठन छाड्दा कार्यवाहक चलाउनका लागि पर्वत उपाध्यक्षका उम्मेदवार बनेका हुन्।
यता, महाधिवेशनको मतदान भने अहिलेसम्म तोकिएको छैन। अध्यक्षमा निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान सुमन पुरी प्रतिस्पर्धी छन्। अहिले पनि पार्टी नेतृत्वले सर्वसम्मतिमा जोड दिँदा मतदान प्रक्रिया सुरु नभएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




