
काठमाडौं। सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको बताए।
सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने बताएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन् ।