
काठमाडौं। संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा होमकुमार थापा दोहोरिएका छन्। थापा यसअघि पनि अध्यक्ष थिए।
महाधिवेशनबाट भूपाल उप्रेती महासचिवमा निर्वाचित भएका छन्। उपमहासचिवमा यादव अधिकारी र श्याम कृष्ण मुकावली र अर्थ उपमहासचिवमा कुश्मिता तिवारी निर्वाचित बनेका छन्।
महाधिवेशनबाट २० सदस्यीय नयाँ कार्यसमिति बनेको छ। डा।मोतीराम फुयाँल, केशवराज पाठक र देवीदत्त पौडेल सहअध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला निर्वाचित भएका छन्।