मुख्य समाचार

संसद्‍ अनिर्णित बनाउन पाइदैन भन्ने हाम्रो अडान पहिलेदेखि अहिलेसम्म एउटै छ : योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संघीय संसद्लाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।

संसद् संवादको थलो भएकोले संसदमा सबै खालका समस्याको छलफल गरी निकास निकाल्नु पर्ने भट्टराईको धारणा छ। ‘संवाद गर्ने थलो संसद् हो’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्।

गृहमन्त्रीको राजीनामा माग गर्दै केही दिनदेखि प्रतिपक्षले संसद् अवरुद्ध गरेको विषयलाई लिएर भट्टराईले एमालेको हिजो पनि त्यही अडान रहेको र आज पनि त्यही अडान कायम रहेको स्पष्ट पारेका छन्।

‘हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ, संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, संसद् सुचारु गर्नु पर्छ’, उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री हुँदा सहकारी ठगी प्रकरणमा राजीनामा दिनु पर्ने माग राख्दै नेपाली कांग्रेस लगायत तत्कालीन प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेका थिए।

अहिले भिजिट भिसा प्रकरणमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरूले गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेका छन्।

‘तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो, रविजीले संसदमा बोल्ने समय माग्नु भयो, कांग्रेसले बोल्न नदिने अडान लियो, हामीले कांग्रेसको अडान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौँ, अन्ततः कांग्रेस अडानबाट पछि हट्यो, रविजीले संसद्को रोस्टमबाट आफ्नो बचाउ गर्नु भयो’, विगतको घटना स्मरण गराउँदै भट्टराईले लेख्नु भएको छ– ‘आज साइकलको पाङ्ग्रा त्यही ठाउँमा आइपुग्यो, हिजो गृह मन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष ।’

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...