सहमति नभएपछि आज पनि स्थगित भयो प्रतिनिधिसभा बैठक
काठमाडौं। प्रतिनिधिसभाको बैठक बिहीबार १ बजेका लागि सारिएको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सवा ३ बजेका लागि सूचना टाँस गरेर सारिएको भए पनि संसद चल्ने वातावरण नहुँदा भोलिसम्मका लागि स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहे नरहेको छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने र सो समितिलाई सघाउन मन्त्रीले राजीनामा गर्नुपर्ने भन्दै प्रतिपक्षीले संसद बैठक अवरोध गर्दै आएका छन् ।
सभामुख देवराज घिमिरेले बुधबार नै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको अडानबाट पछि नहटेपछि सहमति हुन सकेको थिएन ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिरहँदा सत्तापक्षले गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्र अरु विषयमा कुरा हुने अडान राखेको छ।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




