पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा
काठमाडौं। सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएको छ।
प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन प्रदेश सभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा ९एमाले० बाट प्रदेश सभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।
सोडारीले पदको दुरूपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।
उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।
त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिको छानबिन गरेको थियो।
ुगैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले सोडारीविरूद्ध उक्त रकम बराबरको बिगो कायम गरी त्यसअनुसार कैद र बिगो बमोजिम जरिवाना गर्न मागदाबी,ु अख्तियारले भनेको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...
रुकुम पूर्वमा प्रचण्ड विजयी
काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...




