मुख्य समाचार

शंकर पोखरेल बेलायत प्रस्थान

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत प्रस्थान गरेका छन्। बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

एमालेका अनुसार उनले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनलाई उद्घाटन तथा सम्बोधन गर्ने कार्यतालिका छ। महासचिव पोखरेलले भ्रमणका क्रममा बेलायतस्थित कार्लमार्क्सको समाधीमा पुष्प अर्पण गर्नेछन्।

त्यस्तै उनी बेलायत भ्रमणमा रहँदा बेलायतको कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनको नेतृत्वसँग छलफल, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन, बेलायतमा रहेका विभिन्न नेपाली जनसंगठन तथा संंघ–संस्थाहरूसँग छलफल, भेटघाट र अन्तरक्रिया, बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछन्।

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ।

मध्यपूर्वमा अत्यधिक नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भमा उनले कतारस्थित नेपाली श्रमिकहरूका समस्याबारे छलफल, विमर्श गर्नुका साथै श्रमिक समुदायलाई सम्बोधन गर्नेछन्। भ्रमण टोलीमा उनकी श्रीमतीसमेत रहेकी एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यलगायत सहभागी छन्।

त्यस्तै महासचिव पोखरेल बेलायतमा रहँदा एमाले युरोप इञ्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत सहभागी हुनेछन्।

महासचिव पोखरेलको यो भ्रमण १० दिनको हुने एमालेले बताएका छन्।

 

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...