आजको समाजमा पार्टीले सकारात्मक म्यासेज दिनसक्यो भने मात्रै लोकप्रिय हुनसक्छः प्रदीप पौडेल
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताएका छन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताए।
‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिनसक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ,’ पौडेलले भने, ‘आज सानो त्रुटी गरियो भनेपनि हाम्रो भोट घट्छ। पार्टीको लोकप्रियता घट्छ। हाम्रो नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ। यो आजको समय हिजोको जस्तो होइन, यो प्रविधिकरण भएको समय हो।’
उनले थपे, ‘आज भौतिक रुपमा भेटेर सबै कुरा गर्नुपर्छ भन्ने छैन। त्यसैले संसार धेरै साँघुरिएको छ। हाम्रो देश पनि साँघुरिएको छ। कांग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुन्छ।’
मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने उल्लेख गरे। आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने उनको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




